चीनलाई विप्लवको पत्र

काठमाडौं, ५ जेठ : चीन सरकारलाई नेपालकाे सार्वभाैमसत्तालाई सम्मान गर्न प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पत्र पठाएका छन् । उनले चीनलाई नेपालको सार्वभौमसत्ता सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र पठाएका हुन्।

गत शुक्रबार विप्लवद्वारा हस्ताक्षतिर सो पत्रमा नेपालस्थित चिनियाँ राजदूत र चीनका राष्ट्रपति सी चिनफिङलाई सम्बोधन गरिएको छ।

‘सन् २०१५ मा चीन र भारतबीच नेपालको लिपुलेक हुँदै बाटो विस्तार गर्ने जुन सम्झौता भयो, सो सम्झौताले नेपाली जनतालाई निकै आश्चर्यमा पार्‍यो, सन् १९६२ मा चीनसँग युद्ध हारेदेखि नै भारतले त्यहाँको नेपाली भूभाग कब्जा गरिरहेको छ,’ पत्रमा विप्लवले लेखेका छन्, ‘हामी चीनलाई सो सम्झौता पुनरावलोकन गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मान गर्न आग्रह गर्छौं।’

सम्बन्धित खवर

Back to top button