निशानछाप, कामकाज र किताबमा नयाँ नक्सा राखिने

काठमाडौं, ५ जेठ : नेपालको निशानछाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नेपाली नक्सा नै प्रयोग गरिने भएको छ । आज सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अति,क्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्दै अब सबै कागजात र कामकाजमा नयाँ नक्सा प्रयोगमा ल्याउने निर्णय गरिएको हो।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोग हुने बताएका छन्। उनले भने, ‘नयाँ नक्सामा लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ, संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन्, अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन्।’

यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को वि’रोध भएको थियो।

सम्बन्धित खवर

Back to top button