प्रधानमन्त्री ओलीले भने, ‘ओम्नी कम्पनी कसको के हो भन्नेबारे थाहा छैन्’

काठमाडौं, ६ जेठ : ओम्नी कम्पनीबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन।

ओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको उनले बताएका हुन् । ‘कतिपय सञ्चारमाध्यमहरूमा कताकता ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ । यतिसम्म पनि भनिने अवस्था मैले देखें कि यो बालुवाटारसँग सम्बन्धित छ,’ उनले भने, ‘ओम्नी भन्ने मैले सुनेको पनि थिइनँ।’ ओम्नी कसकाे के हो यसबारे आफू अनभिज्ञ रहेकेा उनकाे भनाइ थियाे।

सांसदहरुलाई स्पष्टीकरण दिँदै आफ्नो काम व्यापार नभई राजनीति भएको पनि दोहोर्‍याए । कोरोना नियन्त्रण र उपचारमा चाहिने स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नीलाई दिइएको थियो । पछि चौतर्फी आलोचना भएपछि स्वास्थ्य सामाग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले ओम्नी कम्पनीसँगको ठेक्का खारेज गरेको थियो।

सम्बन्धित खवर

Back to top button