‘नेपाली भूमि अति’क्रमण गरि बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएकाे छ’

काठमाडौं, ६ जेठ : संसदमा उठेका प्रश्नहरुकाे जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अति’क्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरूको जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अति’क्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले चीन सरकारका अधिकारीहरूसँग पनि कुराकानी भएको बताए । चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्रा ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्न वा त्रिदेशीयबिन्दुमा कुनै असर गर्दैन भनेका छन्’ उनले भने ।

प्रधानमन्त्रीले दिएकाे जवाफ : “हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नुभएको छ । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्नमा, त्रिदेशीयबिन्दुमा कुनै असर गर्दैन । यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ। त्यसकारण यसम्बन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।”

सम्बन्धित खवर

Back to top button