कोरोनाको चाप बढ्दै, रणभुल्ल सरकार , जनजीवन अस्तव्यस्त


कोहलपुर, ६ जेष्ठ : कोरोना भाइरस (कोभिड-१९) का कारण जारी लकडाउन दुई महिना पुग्नै लाग्दा कयौंको चुलोमा आ’गो बाल्न धौधौ भैसकेको छ । कोरोना रो’गले भन्दा भोकले धेरै मानसिले ज्यान गुमाउने ख’तरा बढेको छ । भारतमा आहिले लाखौंलाख नेपालीहरु खुल्ला आकाशमुनी भौतारिरहेका छन् । न त भारतले समुचित व्यवस्था गरेको छ न त नेपाल सरकारले नै वास्ता गरेको छ । यी समस्या त जति लेखेपनि सकिने छैनन् । सरकारको जति खेद प्रकट गरे पनि त्यसको हिसाब मिलान हुने छैन् ।
लकडाउनले व्याकुल भएका जनता सरकारबाट अरु आशा त मारिसके तर लकडाउन कहिले खुल्छ भन्ने ध्यानमा बांँचिरहेका छन् । कतिले चोरबाटो पहिल्याएर स्वदेश छिरेका छन् । यहीँ बीचमा नागरिकहरुको ठूलो भीड सीमानाबाट ज’बरजस्ती नेपाल प्रवेश गर्नेमा दुईमत छैन् । कसैले रोकेर रोक्न सकिने अवस्था छैन् । केहीँ दिन अघि मात्रै बाँकेको नरैनापुरमा करिब ७१८ जना भारतबाट प्रवेश गर्न दिएर विभिन्न १३ वटा अस्तव्यस्त क्वारेन्टीनमा राखियो।



बिडम्बना कोरोना जाँचका क्रममा सोमबार एकैपटक ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङ्गस्थित बेलझुण्डीको कोरोना विशेष अस्पतालमा उपचार गर्न पठाइसकेको छ । सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा उनीहरु झन्डै दुईदिनसम्म ती संक्रमित अन्य व्यक्तिसँगै क्वारेन्टीनमै बस्न बाध्य भए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनले चासो नदेखाउँदा अहिले नरैनापुर नेपालकै ‘हटस्पट’ कोरोना मैदानको रुपमा देखिएको छ ।
अचम्म के छ भने संक्रमण देखिएका ४९ जनालाई पनि
समयमै क्वारेन्टीनबाट अलग गरेर उपचार गर्नुको सट्टामा आँप बगैंचामा लिएर राखियो । जहाँ एकजना होनाहार युवाले समयमा उपचार नपाउंँदा ज्यान समेत गुमाउनु पर्यो । उनीहरुलाई कहाँ लैजाने भन्ने कुनै ठोस निर्णय नहुँदा स्वास्थ्यकर्मीसमेत अलमलमा परे ।
घण्टौंसम्म संक्रमितहरु अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रा’स बढेको छ । ‘संक्रमण पुष्टि भएपछि तत्काल आइसोलेसनमा व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनको अस्तव्यस्त र चरम लाहपरवाहीका कारण उनीहरुको ज्यान जो’खिममा त भयो नै यो भन्दा गम्भीर सवाल भोलि कथम कथाचित प्रत्येक दिनमा यो भन्दा दोब्बर संक्रमित थपिएपछि सरकार के गर्ला भन्ने गम्भीर प्रश्ना खडा भएको छ। अहिले सुरक्षाकर्मीकै भरमा व्यवस्थापन लगाएतको जिम्मा छोडेर स्थानीय प्रशासनले ठूलो कमजोरी गरिरहेको मात्र छैन साच्चै कोरोनाले अन्तराष्ट्रियरुप लिन थाले यी जनप्रतिनिधि र सरकारी संयन्त्रको हाल के होला त्यो अन्दाज गर्न गाह्रो भैसक्यो।
नरैनापुरका विभिन्न १३ वटा क्वारेन्टीनमा राखिएका ७१८ जनालाई नै संक्रमण हुने लगभग निश्चित छ किनभने उनीहरु सबै संँगै भारतबाट फर्किएका हुन् । नेपालको भद्रगोल क्वारेन्टीनमा पनि संँगै बसेका छन् ।
संक्रमितहरुको अवस्थाका बारेमा जानकारी लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालय र कोरोना फोकल पर्सन तोकाका ब्यक्तिहरूको पनि फोन उठेको छैन् । यसले जिम्मेवार निकाय कति गैरजिम्मेवार बनेको छ भन्ने पुष्टि हुन्छ ।
यसले यहाँ मात्रै हैन देशव्यापी रुपमा बनाइएका क्वारेन्टीनहरु अव्यवस्थित छन् भन्ने पुष्टि हुन्छ नै । जारी लकडाउनको राम्रोसँग पालना र सदुपयोग गर्न नसक्दा सरकार चुकिसकेको पाइन्छ । क्वारेन्टीनहरु संक्रमण फैलिन नदिनका लागि हैन झन संक्रमण फैलाउनका लागि निर्माण गरिएको जस्तो भएका छन् । अहिले जतिपनि संक्रमितहरु छन् ती सबै भारतबाटै आएका मात्रै छन् जुन लकडाउनका कारण हजारौंको भीडमा बस्ने, खाने र हिड्ने गरिरहेकाहरु हुन् । जुन समय मा नै आउन दिएको भए सम्भवत यति नहुन पनि सक्थ्यो किनकी भारतमा पनि भर्खरै मात्र संक्रमण तीव्र भएको हो।
भारतबाट धेरै नेपालीहरु धमाधम घर फर्किएपछि कोरोना संक्रमणको‘हटस्पट’बनेको नरैनापुरमा मान्छे आउने क्रम अझै रोकिएको छैन् । एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि गाउँपालिकाको अवस्था नै भयावह बनेको छ ।
नेपालकै ‘हटस्पट’ मानिएको यस क्षेत्रमा कोरोना पीडितको लागि आइसोलेसन बेड नभएपछि कोरोना पोजेटिभ भेटिएका संक्रमितहरुलाई आँप बगैंचामा सुरक्षाकर्मीको घेराभित्र राखिएको छ । नरैनापुरका अझै कयौं स्थानीय भारतबाट मजदुरी गरि फर्किएर नेपाल–भारत सीमा नाकामा अलपत्र परेका छन् । तिनको कुनै गनना छैन् । यहिले रुपैडिया नाकामा हजारौं नागरिक खुल्ला आकाशमा हुलका हुल बसिरहेका छन् । आखिर ती सबै आ-आफ्नो ठाउँमा जानैपर्ने हुन्छ तर देशका कुनै पनि स्थानीय निकायहरुले समयमा नै कुनै चासो नदेखाउनुले सरकार भएको कुनै पनि औचित्य देखिएको छैन् ।
यस्तै अस्तव्यस्तताका बीच नरैनापुरका संक्रमितहरुलाई कोहलपुर स्थित पिपिरी क्वारेन्टीनमा सारिने निर्णयविरुद्ध त्यहाँका सम्पूर्ण जनाता वि’रोधमा उत्रिएका छन् । यता बागेश्वरीमा सार्ने भनिएकाहरुकोविरुद्ध पनि स्थानीयले ध’र्ना दिएका छन् ।
नगर प्रमुख लुट बहादुर रावतले यो जिल्लाको निर्णय भएको भएपनि आफुले असन्तुष्टि जनाएको बताएका छन् । जिल्लाले त्यहाँका करिब ६७ जनालाई कोहलपुर बागेश्वरी क्याम्पसमा सारिने र नरैनापुरकालाई पिपिरी सारिने निर्णय गरको थियो । हाल सम्ममा संक्रमण नदेखिएको कोहलपुरमा संक्रमितलाई जानिजानि भित्र्याउन कुनै पनि हालतमा नहुने भन्दै बिभिन्न ब्यक्ति तथा संस्थाहरुले वि’रोध जनाएका छन् ।
यसरी झन्डै ४ महिना बितिसक्दा पनि सामान्य भार बहन गर्न नसक्नुले जनता आ’क्रोशित भएका छन् । यसले कुन दिशामा समाज, देश र सरोकारवाला निकायालाई धकेल्ने हो सर्वत्र चिन्ताको बिषय बनेको छ । जे होस् देशका नागरिकहरुप्रति जिम्मेवार राज्यले अविलम्ब सशक्त कदम चाल्नु पर्छ र सीमानामा अड्किएका सबै नागरिकहरुलाई यथाशीघ्र सम्बन्धित ठाउंँमा राज्यले पुर्याउनै पर्छ । यसरी चार/चार महिना सम्म सरकार रणभुल्ल हुन गैर जिम्मेवार मात्रै हैन खेदजनक छ ।