भारतमा कोनाको स्थिति भयानक हुँदै करोडौं मानिसहरको लडाइँ भोग सँग
एजेन्सी, ७ जेठ : भारतमा पछिल्लो समय निकै तीव्र गतिमा फैलिएको कोरोना संक्रमणबाट भारत सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ। भारतमा अहिलेसम्म एक लाख ६ हजार ४७५ जना भन्दा धेरै संक्रमित भेटिएका छन्। संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा झरिसकेको छ। त्यहाँ ३३०२ जना संक्रमितको ज्यान गइसकेको छ।
जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन थालेको छ। मजदुरहरु भोकै मर्ने स्थिति आएपछि कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बसमार्फत घर पठाउने निर्णय गरेको छ।
यतिखेर भारतमा कोरोना भाइरस संक्रमण निकै तेज गतिमा बढिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।
ठूला शहरबाट आफ्ना घर गइरहेका हरुमध्ये कैयौं मानिस कोरोना संक्रमित रहेको पाइएको छ। मार्च महिनादेखि नै लकडाउन गरिएको भारतका मजदुरहरु यतिखेर आफूलाई जीवितै राख्ने संघर्ष गरिरहेका छन्। मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ।
मंगलबार कोरोना संक्रमितको संख्या एक लाख नाघेको थियो, जुन चीनको भन्दा पनि धेरै हो। कोरोनाको केन्द्रबिन्दु बनेका मुम्बई, दिल्ली र अहमदावादबाट आफ्ना घरतर्फ लागिरहेका प्रवासी मजदुरहरुले सँगसँगै कोरोना भाइरस पनि बोकेर आइरहेका छन्।
रोयटर्सका अनुसार विहारका एक स्वास्थ्य अधिकारीले ७० प्रतिशतभन्दा बढी कोरोना संक्रमणका मामिला प्रवासी मजदुरहरुसँग सम्बन्धित रहेको बताएका छन्। ओडिसा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबारसम्म भेटिएका ९७८ वटा कोरोना संक्रमणका मामिलामध्ये ८५१ वटा मामिला अन्यत्रबाट आएका मानिसहरुमा देखिएको छ। सरकारका अधिकारीहरुले नै कोरोना महामारी भारतका लागि निकै ठूलो चुनौती बनिसकेको बताएका छन्।
भारतका कारण छिरेको नेपालमा पनि बिस्तारै बिस्तारै ज्यामितीय तिब्रता लिइरहेको छ साधन स्रोत सम्पन्न देशको होश उडाएको कोरोना साच्चिकै नेपालमा झाङगिए केजि र मानाको जोहो गर्दै गजरा चलाएका तमाम नेपाली रोग भोग र सोक सबैले एकैसाथ चपेटामा पर्ने प्रयोग निश्चित भैसकेको छ। माहामारीले उग्र रुप लिएको भारत बाट आएका लाखौ नेपाली अहिले सिमाना कोरोना संगै खाना र छानाको मारमा व्यकुल छन भने सरकार संक्रमण पुष्टि थोरै लाइ भएकाहरूलाई समेत ब्यबस्थापन गर्न सकेको छैन। यसले मानिसलाइ मानसिक अस्थिरता तिर धकेलिदिएको छ।