भर्खरै थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ जेठ : नेपालमा थप १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । कपिलवस्तुका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपलीले जानकारी दिए। विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे।

यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ जसमा आज ज्यान गुमाएका एकजनालाई स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेकाे छ । ३७ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित खवर

Back to top button