नेपालकाे पक्षमा बाेल्दा अभिनेत्री मनिषा कोइराला माथि खनियाे भारतीय मिडिया -हेर्नुस् भिडियाे

काठमाडौं: भारतीय मिडिया अभिनेत्री मनिषा काेराइराला माथि खनिएकाे छ । नयाँ नक्सा सार्वजनिक हुँदा नेपालकाे पक्षमा बाेलेकाे विषयमा अभिनेत्री काेइराला माथि भारतीय मिडिया खनिएका हुन् । सरकारकाे निर्णयलाई संसारभरका नेपालीले स्वागत गरिरहँदा वलिउडकी चर्चित अभिनेत्री मनिषाले पनि लिम्पियाधुरा सहितकाे भूमि नेपालकाे भएकाे भन्दै नक्सा जारी गर्ने सरकारकाे निर्णयलाई समर्थन गरेकी थिइन् ।

सीमा विवा’दकै बीच नेपालले नयाँ नक्सा जारी गरेपछि यसले भारतमा तरङ्ग पैदा गरिदिएकाे छ ।

नायिका काेइरालाले नेपालकाे पक्ष लिँदै नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेकाे ट्विटलाई रिट्विट गर्दै नेपालकाे पक्षमा बाेलेपछि भारतीय मिडिया उनीमाथि खनिएका हुन् । बलिउडमा लामो समय काम गरेकी नेपालकी अभिनेत्री काेइरालामाथि भारतीय मिडियाहरुले तल्लाे स्तरमा गिरेर टिप्पणी गरेका छन् । अभिनेत्री काेइरालाले भारतकाे विपक्षमा बाेलेकाेमा आ’क्रोश पोख्दै ‘खाने भारतकाे गाउँने चीनकाे’ भनेका हुन् ।

अभिनेत्री काइरालाले मे १८ तारिकमा ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गरेकी थिइन् । उनले ‘हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’ भनेर लेखेकाे रि-ट्विटलाई लिएर भारतीय मिडियाले अ’पमानजनक शब्दमा आ’प्पति जनाएका हुन ।

भारतीय मिडियाले नेपाल-भारतकाे सीमाकाे बिषयलाई तीन महान देश भनेर चीनलाई समेत जाेडेकाे बिषयमा शं’कासमेत गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदले निर्णय गरेकाे थियाे । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले जारी गरिसकेकाे छ । यही कुरा परराष्ट्र मन्त्री ज्ञवालीले ट्विटरमा उल्लेख गरेका थिए ।

नेपालले लिम्पियाधुरा सहितकाे भूमि आफ्नो भएको दाबी गरेसँगै भारतले नेपाल अरु कसैको इसारामा चलेको भन्दै चीनमाथि आ’रोप लगाउँदै आएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दा’बी गरिएको छ ।

भारतीय मिडियाले भनेको छ ‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो ।’

हेर्नुहोस् भिडियो

सम्बन्धित खवर

Back to top button