कोरोना संक्रमण संसारको सबैभन्दा धेरै हुनु सम्मानको तक्का हो ट्रम्प


जेष्ठ ७ एजेन्सी : बिश्वनै कोरोना माहामारीले आक्रान्त भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशमा कोरोना संक्रमण संसारको सबैभन्दा धेरै हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले ह्वाइट हाउसमा आयोजित पत्रकार भरटघाटमा सोमबार सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘जब तपाईंले हामीलाई संक्रमितको संख्या संसारकै धेरै भयो भन्नुहुन्छ भने मलाई यसमा केही नराम्रो लाग्दैन । यसको अर्थ यो हो कि हामीले अन्य देशले भन्दा अत्यधिक धेरै परीक्षण गरेका छौं । म यसलाई एक विशेष मामलामा सम्मानको रुपमा हेर्छु ।
यो राम्रो कुरा हो किनभने यसमार्फत् पत्ता लागेको छ कि हाम्रो परीक्षण निकै राम्रो छ । त्यसकारण यसलाई म एउटा सम्मानको तक्माको रुपमा हेर्छु । साँच्चै नै यो सम्मानको कुरा हो ।’ट्रम्पको यो बयानलाई डेमोक्रेटिक नेशनल कमेटीले भने कडा आलोचना गर्दै कमेटीले ट्वीट गरेको छ, ‘१० लाख बढी कोरोना संक्रमित भेटिनु भनेको हाम्रो देशको नेतृत्वको पूर्ण रुपमा असफल भएको पुष्टि हो भनेको छ।
WHO को पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म १५ लाख ७० हजार ५ सय ८३ जना संक्रमित छन् भने यहाँका ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।



हालसम्म १ करोड बढीको परीक्षणः
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार मंगलबारसम्म अमेरिकामा १ करोड ६० लाखको परीक्षण भएको छ । अक्सफोर्ड युनिभर्सिटी आधारित एक साइन्टिफिक पब्लिकेशनका अनुसार अमेरिकाको प्रति व्यक्ति परीक्षणको आधारमा अमेरिका निकै पछाडि छ । प्रत्येक १ हजार व्यक्तिको परीक्षणको मामलामा यो संसारको १६ औं स्थानमा छ । यो सूचीमा यो देश आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस र क्यानडाजस्ता देशभन्दा पछाडि छ । तर पनि ट्रम्प भने परिक्षेण सबै भन्दा बढी गरएको दाबी गर्दै आएका छन।
स्रोतः बिबिसी