भारतले कालापानीको सट्टा अन्य ठाउँहरूमा भूमि मिच्दै, गस्ती बढाउन स्थानीयको माग

पर्सा, ५ जेठ : नेपालको चारैतिरबाट गोमन जसरी सीमाना खाइरहेको भरतले अहिले केहीँ हदसम्म डराएको छ । पर्सास्थित ठोरीका जनताको वि’रोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सार्न बाध्य भएको  छ ।

भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेको थियो । अचानक गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेको भारतीय पक्षलाई स्थानीयले रोकेका थिए ।

मंगलबार फेरि दशगजामै सुरक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौ’ज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभागका अधिकारी आएका थिए । तर नेपालका करिब २ सय ५० को संख्यामा भेला भएका स्थानीय, नेपाल तथा सश’स्त्र प्रहरीसमेतको संयुक्त वि’रोध र अडानपछि भारतीय पक्ष आफ्नै भूमिमा सुरक्षा पोस्ट निर्माण गर्न सहमत भएको हो ।

यसरी तामझाम सहित आएको भारतीय सुरक्षा बल सजिलै पछि हटेको नयाँ नै हो । ठोरी–४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ठोरीवासी र जनप्रतिनिधिको अडानले भारतीय पक्ष पछि हटेको बताए । ‘कुनै पनि हालतमा दशगजामा सुरक्षा पोस्ट बनाउन दिन्नौं भनेर हामीले अडान लियौं,’ उनले भने ।

सशस्त्र प्रहरी बल सुवर्णपुर बीओपीका प्रमुख स’शस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले भारतीय पक्षले भ्यु टावरसहितको  अत्याधुनिक सुरक्षा पोस्ट निर्माण गर्न खोज्दा विवा’द भएको बताए । करिब ५ वर्षअघि भारतीय पक्षले ठोरी–३ स्याउलीबस्तीको दशगजा क्षेत्रमै ज’बर्जस्ती भ्यु टावर बनाएको छ ।

पटकपटक भारतीय पक्षले नेपाली भूमि अति’क्रमण गर्न खोज्दा यहाँका स्थानीयले चर्को वि’रोध गर्दै आएका छन् । तर पनि ठोरीको  दर्जनौं ठाउमा  दशगजा मिचेर भारतले  सिमा  सुरक्षा पोष्ट खडा गरिरहेको छ। तर नेपाल तर्फ भने मिटर हैन कयौं दुईदेखि पाँच किलोमिटर टाढाको दूरीमा न्युन जनशक्ति सहितको पोष्ट राख्ने गरिएको छ । यो कृयाकलापले कालापानीको बि’बाद उपर भारतले देशका विभिन्न ठाउँहरूमा हाम्रो भूमि मिच्ने सम्भावना प्रबल रहेकोले नेपाल सरकारले सीमामा थप शक्ति सहितको सुरक्षाले गस्ती बढाउनु पर्ने स्थानीयको माग छ ।  यहिले देशका बिभिन्न ठाउँहरूमा भूमि मिचिरहेको छ।

सम्बन्धित खवर

Back to top button