सुख र दुःखका स्राेतहरु

“जनताकाे सुख र अधिकारलाई बारम्बार वर्ग विशेषहरुको भर्‍याङ बनाई जनतालाई दास बनाइने यो अमानवीय संस्कारको राज्याधिकार व्यवस्थाको अन्धभक्त अनुयायी र बिनाकामको झोले हुने विचार भन्दा पनि माथि उठेर जनताकाे हकअधिकारकाे ग्यारेन्टी गर्ने व्यवस्थाकाे खोज अध्ययन र अनुसन्धान गरि निष्कर्षमा पुग्न जरुरी छ ।”

हामी सुख र सहेलका निमित्त अनेकन दुःखहरुलाई पराजय गर्न खाेजिरहेका हुन्छौं तर सक्दैनाैं । किनकी प्रकृतिले हामीलाई सुख र दुःखकाे नाेक्करकारुपमा उभ्याएकाे छ । त्यसैले हामीले जिन्दगीमा स्मरण गर्नु पर्ने कुरा के छ भने हाम्राे जिन्दगीमा वास्तविक मालिक काेही छ भने त्याे सुख र दुःख नै हाे ।

सुख र दुःखकाे बिछाेड त दुनियाँमा कुनै पनि शक्ति र ब्यक्तिले गर्न सक्दैन । किनकी सुख र दुःखकाे सम्बन्ध भनेकाे एक सिक्काकाे दुई पाटा जस्तै घनिष्ट अकाट्य हुन्छ। भलै केहि रुपमा मानिसहरु कम वा बेसि अनुभूती भने गर्न सक्दछन् । म विशेष गरि दार्शनिक मान्यता अनुरुप सुख र दुःखकाे केहि प्रमुख स्राेतहरुकाे बारेमा चर्चा गर्न चाहन्छु । जस अनुसार सुख र दुःखलाई निम्न बमोजिम वर्गीकरण गरेकाे पाइन्छ । सुख र दु:खका निम्न रहेका छन् :

) धार्मिक स्राेत
२) नैतिक स्राेत
३) प्राकृतिक स्राेत
४) राजनितिक स्राेत

मनिसहरूले माथि उल्लेखित यी ४ मुख्य स्रोतहरुले नै दु:खबाट सुख कसरी प्राप्ति गर्ने भन्ने निरन्तर प्रयास गरिरहेका हुन्छन् । तर म यहाँ जनताले सबैभन्दा धेरै सुखको प्राप्ति गर्ने उल्लेखित स्राेतहरु मध्यको एक राजनीतिक स्रोतका बारेमा छोटो वर्णन गर्दछु । यसभित्र सुख प्राप्तिका लागि गरिने जनताको दु:खका बारेमा प्रष्ट्याउँदिन किनभने यसमा हामी सबै जानकार छौं । सत्ता र तन्त्र प्राप्तिका लागि कत्तिको त्याग समर्पण र बलिदान हुन्छ र भएको छ त्यो हरेक इतिहासका कालखण्डको ताजा स्मरण छ हामीमा ।

यसर्थ यहाँ म सुखका निमित्त भि’डेर वा मत जाहेर गरेर प्राप्त गरिने राजनीतिक व्यवस्था वा तन्त्रहरुको सामान्य चरित्रहरुको मात्र वर्णन गर्छु ता की यसबाट नै हामिले धेरै पक्षहरुको जानकारी हासिल गर्न सक्नेछौं भन्ने लाग्द छ।

जस मध्य:
१) राजतन्त्र :- एकल परिवारकाे वंशले मात्र देशकाे शासन सत्ता चलाउन पाउने आध्यात्मिक मूल्य र मान्यताकाे पुरातन पारिवारिकतन्त्रलाई राजतन्त्र भनिन्छ । राजतन्त्रका राजाहरुमा राष्ट्रियताप्रति महत्वकांक्ष हुने भएता पनि जनताको जीविकामा भने कुनै पनि समानता हुँदैन। तसर्थ जनताकाे जनजीविकाकाे सवालमा यो अधिक स्वेच्छाचारीतन्त्र मानिन्छ भनाैं वा गरिब मजदुर र उत्पीडित वर्ग, समुदाय र क्षेत्रको पँहुच यस व्यवस्थामा अधिक कम हुन्छ नै केही एकाध बाहेक टाठाबाठाले मात्रै यस तन्त्रको उपयोग गर्ने र आम जनतालाई कुनै पनि हक अधिकार हुँदैन प्रतिस्पर्धा र एकल संघर्ष बाहेक तर पनि सद्गुणी र आदर्श चरित्रकाे मानिन्छ । बिडम्वना बिस्तारै माेजमस्ति, निरङ्कुशता र भोग बिलासी जीवन र स्वेच्छाचारी एवं
विकृतिमा डुब्नाले याे यहीँ भित्रबाट अन्ततः आफै निरङ्कुशतन्त्रमा प्रवेश गर्दछ।

२) निरङ्कुशतन्त्र :- याे एउटा यस्ताे तन्त्र हाे जो एउटा ब्यक्तिको इच्छा उपर राज्यव्यवस्थाको सञ्चालन गरिन्छ र याे एक तानाशाही व्यवस्था हाे । यसले जनताको आधारभूत आवश्यकताको परिपूर्ति त के असल विधि र कानूनकाे समेत खिलाप गर्दछ । तर यस्ताे शासनकाे जन्म र स्वरुप देश, समय र अवस्था बमाेजिम हुन्छ र सबै निरङ्कुशता जनताको हित विपरित नभइ अनुकूल पनि हुन्छ जस्तो उत्तर कोरियाली शासन तानाशाही भएतापनि जनताको सम्पूर्ण कुराको ग्यारेन्टी लिएको छ । अन्तत यस्तो व्यवस्थाले जनताको स्वतन्त्रतामा बन्देज गर्ने हुनाले जनताकाे असन्तुष्टिका बाबजुत यसको संक्रमण एक कुलीनतन्त्रमा हुन्छ।

३) कुलीनतन्त्र :- निरङ्कुश र स्वेच्छाचारीतन्त्रले जनता आजित भैसकेका बेला कुनै एकाध कुलीन परिवारले जनतालाई प्रभाव पारेर शासन सत्ताकाे बागडाेर हडप्छन् । यस्ताे तन्त्रलाई कुलीनतन्त्र भनिन्छ । यसमा निरङ्कुशताका विपरित केहि कानून र पुँजिवादका नियमहरुद्वारा जनतालाई राहात प्रदान गरिन्छ । यस तन्त्रका शासकहरुमा पनि राजकीय बुद्धि विवेक अभ्यासकाे विशेष स्थान हुन्छ । तर बिस्तारै यी शासकहरु पनि उच्च पुँजिवादी संस्कार, सत्ताकाे स्वार्थ, उन्माद, हेलचक्राइ र उदासीनताले यो पनि जनतासामु नाङगिन्छ र बिस्तारै धानिकतन्त्रमा प्रवेश गर्दछ जहाँ धनीमानीहरुकाे मात्र प्रतिस्पर्धा र हालिमुहाली हुन्छ भने जनता उहीँ करको भारी मात्रै बोक्ने हुन्छन् ।

४) धनिकतन्त्र :- राज्यका सम्पूर्ण निकायहरुमा कूलीनतन्त्रसँगको साँटगाँडबाट बुद्धि विवेक र धनदाैलत प्राप्त गरेका र संख्यात्मक हिसाबले थाेरै भएपनि सिङ्गो देश र जनतामा उच्च प्रभाव पार्ने तहका निश्चित कुलीन समुदायका शासकहरु यस तन्त्रका मालिक हुुन्छन् । देखावटी विकासमा बढी प्रथामिकता राख्ने यस व्यवस्थाका शासकहरुमा कानूनकाे पालनामा जाेड गरेकाे भएतापनि कानूनलाई पुँजिमा साट्ने र ब्याख्या गर्ने भएकाले न्याय र कानून उनै असीमित पुँजिवालहरुकाे ह’तियार बन्ने र गरिब र निमुखा जनताले राहात महशुस नगर्ने भएकाले जनता वि’द्राेह गर्छन र यसले विस्तारै उल्लेखित तन्त्रको प’तन हुँदै जनताको पहुँच पुग्न सक्ने गरि प्रजातन्त्रकाे आगमन गर्दछ।

५) प्रजातन्त्र :- कुलीन, धनिक र राजतन्त्रका सबै अवशेष मिलेर स्थापना गरिएकाे यस तन्त्रलाई अन्य तन्त्र भन्दा जनाधिकार र स्वतन्त्रताकाे सवालमा राम्राे मानिन्छ । मूलत: सबै प्रकारका नयाँ पुराना विचार शक्तिकाे गठजाेड भएकाले यस व्यवस्थाकाे चरित्र बिस्तारै जनता भन्दा पनि पार्टी र निश्चित ब्यक्ति केन्द्रित भई जनआकांक्षा भन्दा सत्ता स्वार्थ र शक्तिमा केन्द्रीत ढाेगी आदर्शकाे हुने र जनताका कुनै पनि आधारभूत आवश्यकताको परिपूर्ति नगर्ने बरु विभिन्न असमानताको बीचमा अस्वभाविक प्रतिस्पर्धाको सामाना गर्नु पर्ने भएकाले जनता फेरि अर्काे विकल्पकाे खाेजी गर्छन् । जनता यहाँसम्म आइपुग्दा पनि राजनीतिक सत्ताको कुनै पनि चरित्रमा पूरा बुझाइ राख्न सकेका हुँदैनन् तर चरम असमानता र प्रतिस्पर्धाको बिकल्प भने खोज्दछन् तथापी वि’द्राेह निश्चित हुन्छ र यसका बीचमा एउटा भीडतन्त्रकाे जन्म हुने गर्छ ।

६) भीडतन्त्र :- प्रजातान्त्रिक बिचलनबाट बिकल्प उन्मुख विभिन्न विचार शक्तिहरुकाे पराजय र विजयका बीचमा हुने शक्ति केन्द्रीत तन्त्र नै भीडतन्त्र हाे । यसमा आम नागरिकहरुले निर्धक्कपूर्वक हक अधिकारका आवाज उठाउन र अभियान सञ्चालन गर्न पाउँदछन् । यस भीडतन्त्रलाई विभिन्न जातीय, क्षेत्रिय, साम्प्रदायिक र धार्मिक विचार शक्तिहरुकाे सर्मथन र वि’राेधले जहिले चु’नाैती दिइरहने हुँदा याे सत्ता पनि स्थायी र शक्तिशाली हुन सक्दैन र अन्तत: उदारवादी खुला र छा’डा अर्थतन्त्रमा विकाससँगै दलाली प्रवृत्ति उन्मुख हुन्छ र यस किसिमका शासकहरु बिस्तारै समाजका सम्पूर्ण क्षेत्रहरुमा दलाली संरचनाहरु खडा गर्दै यसैकाे माध्यमबाट पुँजिपति दलालीकरणकाे दिशाातिर उन्मुख हुन्छन् र यस दलालीकरणबाट काेहि कंगालबाट केहि वर्षमै कराेड पति बन्छन् त काेहि टिक्न र बिक्न नसकि कराेडपती नै किन नहाेउन् राेडपतिमा झर्छन् ।

यसमा क्षमता, योग्यता र समानता विपरित आ-आफ्नो पार्टी र गुटका एकाधहरुले मात्रै सत्ताको दुहाइ गर्छन् । नागरिकहरुमा उहीँ पुरानै तन्त्रका कूलीनहरुकाे व्यवहार यस तन्त्रका व्यक्तिले देखाउन थाल्छन् । अन्य भन्दा पुँजिपति अनैतिक स्वतन्त्रता र स्वार्थ केन्द्रीत छाडा अर्थतन्त्र हुने भएकाले याे व्यवस्थामा जनता ब्यापक भ्रममा पदर्छन् । यध्यपी यो सत्ता जनताको बल र समर्थनमा मात्रै टिक्ने हुनाले यो व्यवस्थाका शासक र तिनका पहरेदारहरूको अन्त्य भने निश्चित हुन्छ।

अन्तत : यस व्यवस्थाप्रति नागरिकले पनि विकल्प खाेज्दछन् तर बिडम्बना जनतामा उच्च राजनीतिक चेतनाको कमी र जिउँका तिउ समस्याहरूले पुरानै पतित व्यवस्थाहरुकाे खाेजी गर्ने सम्भावना भने बढी हुन्छ । र, यस भीडतन्त्रको भङ्ग हुने अवस्थामा धेरै ख’तराहरुकाे जन्म हुन्छ ।

जसमध्ये सत्ता किनबेच, आन्तरिक वा बाह्य ह’स्तक्षेप एवं दलालीकरण, राष्टघात, पुराना शक्तिहरु तथा तन्त्रहरुकाे सक्रियता, निरङ्कुशता तथा रक्तपातकाे पनि सम्भावना त रहन्छ नै जनतामा भ्रम फैलाएर सत्ताको दोहन गर्नेहरूको स्वार्थ केन्द्रीत एकताले पनि जनतालाई दोधार र विभाजित गराउँदछ।

यसर्थ जनताले यो महशुस गर्दछन की पुजिँपति नियमद्वारा सञ्चालित अस्वस्थ प्रतिस्पर्धात्मक राज्य र सत्ता भनेको नागरिकले दिनका लागि मात्र निर्माण भएको विभेध करहरुको महा झुण्ड रहेछ भन्ने । तर तत्कालै यसको समाप्ति विकल्प नभएपनि कम्तिमा लिने र दिने व्यवस्थाको महशुस जनतामा हुन्छ र यसप्रकारको आवश्यकताको परिपूर्ति स्वरुप तत्कालीनरुपमा यो लुटतन्त्रबाट पतित केहि भी’ड र शाेसित जनता बिस्तारै समाजवाद उन्मुख हुन्छन् ।

७) समाजबाद : माथि उल्लेखित विभिन्न तन्त्रहरुको पराजय पश्चात मात्रै स्थापना हुने जनताको उचित प्रतिनिधि हरुको पूर्ण समानुपातिक प्रतिनिधित्व सहित जनताको आधारभूत सम्पूर्ण आवश्यकताहरुको परिपूर्ति गर्ने ग्यारेन्टी भएको राज्य व्यवस्था नै सामाजद हो । यस व्यवस्थामा राज्यका सम्पूर्ण संरचना तथा कानूनहरुको निर्माण जनताको व्यवहारिक हितमा गरिन्छ । यसको मुख्य उदेश्य भनेको माथि उल्लेखित व्यवस्थाहरुको जस्तै जनताबाट एकहोरोरुपमा चर्को कर उठाएर निश्चित सत्ताका मालिक र झुण्डहरुलाई मात्र वितरणको अधिकार नभइ प्रत्येक नागरिकको क्षमता, योग्यता र रुची अनुसारको काममा राज्यले लगाउने र सोहि कामको आधारमा नागरिकलाई वेतन प्रदान गर्नु यसको मुख्य कार्य हो । यसमा राज्यका कुनै पनि नागरिक बेरोजगार बस्न पर्दैन नै कुनै पनि अभावको एकल सामाना पनि गर्नु पर्दैन । मानव स्राेत र उत्पादन बीच यसको घनिष्ट सम्बन्ध हुन्छ भने उत्पादनको समान वितरण गरिन्छ।

तर यस व्यवस्थामा भित्र पनि पुँजिवादको केही बलिया अवशेषहरु बाँकी रहने हुनाले पुन: यसको भङ्ग गरी उहीँ पतित शासकीयतन्त्रमा फर्कन सक्ने सम्भावना ब्यापक रहन्छ । स्मरण रहोस् कुनै पनि सत्ता वा तन्त्रको स्थापाना वा बिगठन र’क्तपातबाट मात्रै हुनेगरको इतिहास छ जो मानवका लागि सह्य होइन । यसर्थ माक्सका अनुसार समाजवादी व्यवस्था मात्रै नागरिकको अन्तिम व्यवस्था होइन बरु उनले यसको विशिष्ट कार्यान्वयन पश्चात उन्नतखालको अन्तिम व्यवस्थाको रुपमा साम्यवादलाई अघिसारेका छन् । म उनको साम्यवादी सामाजको पनि थोरै चर्चा गर्दछु । के हुन्छ त साम्यवाद मा ?

साम्यवाद :
१) समाजवादकाे जस्ताे कामकाे आधारमा मात्र वेतन र वस्तुहरुकाे वितरण नभई यथेष्ट मात्रामा नागरिकहरुलाई वस्तु अथवा उनीहरुकाे जीवनमा आवश्यक आधारभुत एवम् बिशिष्ट आवश्यकता परिपूर्ति गरिन्छ ।
) यस्ताे समाजमा मालिक, नाेकर, नेता, हाकिम भन्दापनि परिवारमा जस्ताे आत्मियता हुन्छ र सबै मानिसहरु आवश्यकता र क्षमता बमाेजिम काम गर्दछन् । त्यसको समान रुपमा वितरण गर्दछन् र कुनै पनि धनी र गरिब वर्ग हुँदैन।

३) यस व्यवस्थामा कुनै पनि विसंगति, बैमानष्य र अन्तर्रद्वन्द मान्छे-मान्छे बीचकाे लडाइँ झगडा काटमार हुँदैन । कहिल्यै अभाव महशुस हुँदैन ।

४) यस व्यवस्थामा सम्पन्न विपन्न भन्ने कोही पनि हुँदैनन् र राज्य व्यवस्था एक इतिहासकाे पानामा हुन्छ समाजले नै सबै मागकाे पूर्ति गर्दछ आदि ।

त्यसैले  : तपाइँ अब कल्पना गर्नुहाेस् हामी कुन व्यवस्थामा थियौं, छाैं र हुनपर्दछ र सबैभन्दा आवश्यक व्यवस्था कुन हाे ? तर यति कुरा याद गराैँ कि जनताकाे सुख र अधिकारलाई बारम्बार वर्ग विशेषहरुको भर्‍याङ बनाई जनतालाई दास बनाइने यो अमानवीय संस्कारको राज्याधिकार व्यवस्थाको अन्धभक्त अनुयायी र बिनाकामको झोले हुने विचार भन्दा पनि माथि उठेर जनताकाे हकअधिकारकाे ग्यारेन्टी गर्ने व्यवस्थाकाे खोज अध्ययन र अनुसन्धान गरि निष्कर्षमा पुग्न जरुरी छ।

काेही पनि आफ्नो क्षमता, योग्यता हुँदाहुँदै पनि निकम्मा भएर बस्नु पर्ने व्यवस्थाको सायद अन्त्य गर्न जरुरी छ कि छैन् त्यो वर्तमानको पुस्ताले महशुस गर्नेबेला आएको छ । राे’ग, भाेक र शाे’कका खातिर काम नपाएर भाैतारिनु पर्ने व्यवस्थाको कति गुलाम हुने ? र एक अभिजात वर्ग र सत्ताको सौतेनी सन्तान भएर बस्ने सोच्ने बेला आएको छ।

सम्बन्धित खवर

Back to top button