कालापानी सहितकाे भूमि समेटेर नेपालले जारी गरेकाे नयाँ नक्सा भारतद्वारा अस्वीकार

काठमाडाैं, ७ जेठ : लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार गरेकाे छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको नक्सा भारतले अस्वीकार गरेकाे हाे ।

नेपाल सरकारको यो कदमलाई भारतले वि’रोधस्वरुप असहमति जनाएको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक एकपक्षीय ढंगले निकालिएको यो नक्सा तथ्य र प्रमाणका आधारमा नभएको र सीमा वि’वाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौताविपरीत भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित खवर

Back to top button