आज १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं, ८ जेठ : आज बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १७ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि भएका सबै प्रदेश १ का रहेका छन् ।

झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ । बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन् । त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्।

प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्।

प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ। यो संँ‌गै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ।

सम्बन्धित खवर

Back to top button