नेपालमा पनि देखियो अम्पुन नामक चक्रवातको प्रभाव
काठमाडौं, ८ जेठ : नेपालमा पनि बंगालको खाडीमा बनेको शक्तिशाली अम्पुन नामक चक्रवातको प्रभाव देखिएको छ ।
उक्त शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
मौसमविद् शाक्यले पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको जानकारी दिँदै चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने बताएकी छिन् ।
उनका अनुसार अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्दै जानेछ ।