गाई फार्ममा आगलागी हुँदा १४ लाख बढी क्षति
काठमाडौं, ८ जेठ : काठमाडौंको एक गाई फार्ममा आगलागी हुँदा करिब १४ लाख बढी क्षति भएको छ । कागेशवरी मनोहरा नगरपालिकामा रहेको गाई फार्ममा आगलागी हुँदा करिब १४ लाख बढी क्षति भएको हो ।
फार्ममा रहेका पाँच वटा गाई, नगद दुई लाख र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको हो । तर, आगो लाग्नुको कारण भने खुलेको छैन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।