म मेरो देशको संसदमा प्रतिपक्ष हुँला, तर देशको विषयमा म प्रधानमन्त्रीसँगै छु । डा. मिनेन्द्र रिजाल’
जेष्ठ ८ काठमाडौं : नेपाल भारत सिमा बिबाद चर्किरहेको बेला नेपालि अभिनेत्री मनिषा कोइरालाको नेपाल पान प्रति बुधबार दिनभर भारतीय मिडिया मनिषाविरुद्ध विष वमन गर्नमै व्यस्त भए । तर मनिषाले भने उनीहरूलाई काउन्टर दिँदै भनिन्, श्रम बेच्न हुन्छ, स्वाभिमान बेच्नु हुन्न ।
यसै सन्धर्भमा बिहीबार बिहाना भारतीय टेलिभिजनमा कांग्रेस नेता डा.मिनेन्द्र रिजालले नयाँ नक्साबारे दिएको अन्तर्वार्ताको अहिले नेपालमा भर प्रशंसा भइरहेको छ ।
भारतीय पत्रकार अर्णव गोस्वामीलाई रिजालले कडा अन्तर्वार्ता दिएका छन् । गोस्वामीले नेपाल चीनको बलमा भारतको सीमा मिच्न आइपुगेको भन्ने प्रश्नमा नेता रिजालले नेपाल आफैं सार्वभौमसत्ता सम्पन्न मुलुक भएको कडा प्रतिक्रिया दिदै भने ‘मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला, तर देशको सीमाको विषयमा म प्रधानमन्त्रीसँगै अडिग छु ।’
नेता रिजालले यसो भनेपछि पत्रकार गोस्वामीले बिषलाइ मोड्दै कोरोना भाइरसबारे प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तितर्फ बारे सोधेका थिए । तर, नेता रिजाल चुप भएनन् । उनले स्पष्टसँग आफ्नो देशको अडान राखेपछि पत्रकार गोस्वामी नरम भएका थिए साहेद उनले नेपालको प्रतिपक्ष दलले भारत संग सौदा गर्न सक्छ भन्ने केहि बिगता इतिहासको आसगेरेका हुनसक्छन ।
तर यसपटक भने नेता रिजालको सानदार र आक्रोशित खरो प्रतिक्रियाबाट भारतलाइ ठुलो झट्का लागेको भने पक्कै छ।
यहि हो नेपालीहरुको राष्टियताको सच्चा इतिहास। हामी हाम्रो देसमा जुनसुकै जात, धर्म, बर्ग समुदाय वा राजनितिक दलमाका किन नहौ नेपाली राष्टियताको रक्षा गर्नुपर्ने बेला सबका सब एक भैहाल्छौ। यो गर्भिलो हाम्रो इतिहास पक्कै पनि आउदा दिनहरुमा पनि निरन्तर एक ढिक्का हुने छ र गर्न पर्छ।