२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ८ जेठ : नेपालमा कोरोना संक्रमित २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पछिल्लो पटक आज झापाका ८ जना पुरुष र रुपन्देहीका एक जना पुरुष गरी ९ जना थपिएका बताएको छ। बिहीबार बिहान मात्र झापा, धनकुटा र सुनसरीका गरी १७ जना कोरोना संक्रमित थपिएका थिए।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरू १७ वर्षदेखि ५५ वर्षसम्मका रहेको जानकारी दिए । कुल संख्या ४ सय ५३ पुगेको छ । जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन्।

उनले नयाँ फेला परेका सबै संक्रमितको ठेगानाअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत कन्ट्याक्ट ट्रेसिङको काम थालिएकोसमेत बताएका छन् ।

नेपालका कुल ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ । जसअनुसार प्रदेश नम्बर १ मा ८४ जना, प्रदेश नम्बर २ मा १ सय ३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नम्बर ५ मा १ सय ९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

सम्बन्धित खवर

Back to top button