गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि,नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

गुल्मी, ८ जेठ : रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो।

पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमशन अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा जेठ २ गते उनमा कोरोना सक्रमण पुष्टि भएको थियो।

उनीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। यसअघि सिन्धुपाल्चेककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको थियो।

सम्बन्धित खवर

Back to top button