सिमामा अलपत्र नागरिकहरुलाई तत्काल प्रदेश सरकारले उद्दार गर्नुपर्छ : सांसद मल्ल

डडेल्धुरा, ८ जेठ : विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका सयौं नेपाली सीमा क्षेत्रमा अलपत्र परेका छन ।

सुदूरपश्चिमका विभिन्न स्थानिय तहका नागरिक वनबासा,गौरिफन्टा,बह्रमदेव,सिमा क्षेत्रमा भोकै अलपत्र रहेका छन । दुई तिन दिन देखि खान नपाएको, पानि सम्म नपाएर अलपत्र सुदूर बासि रुदै फोन गरिरहेका छन, नेपाली कांग्रेस सुदूर पश्चिम प्रदेस सांसद कर्ण मल्लले बताए । अलपत्र परेका नागरि लाई सुदूर पश्चिम प्रदेशले बेवास्था गरेको र मुख्य मन्त्रि कानमा तेल हालेर सुतिरहेको पनि उनले आक्रोस ब्यक्त गरे ।

सांसद मल्लले अलपत्र परेका सुदूर बासिलाई तत्काल उद्दार गरेर, खानापानको व्यबस्था र स्वास्थ्य उपचारको व्यबस्था गरि सम्बन्धित स्थानिय तहको जिम्मा लगाउन समेत मुख्य मन्त्रिलाई आग्रह गरेका छन ।

सिमा क्षेत्रमा अलपत्र बस्दा रोग हैन, भोक भोकै मरिने अवस्था आइसकेको सिममा रहेका नागरिकहरुको भनाई छ ।
आफुहरु नेपाल आएर मापदण्डअनुसार क्वारेन्टाइनमा बस्न तयार छौ, तर हामीलाई यो भारतीय सिमाबाट आफ्नो देश फिर्ता लगिदेउ अलपत्र नागरिकको भनाई छ ।

सम्बन्धित खवर

Back to top button