बाँकेमा २१ कोरोना सङ्क्रमित निको भएर घर फर्के
नेपालगञ्ज, ९ जेठ : बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा पहिलो सङ्क्रमण भेटिएका ६० वर्षका पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना सङ्क्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालले बताएकाे छ ।
अस्पतालका अनुसार अरु ६ जनाको उपचार भइरहेको छ ।