संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं, ९ जेठ : सरकारले संविधान संशोधन विधेयकलाई संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी हुन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयनका लागि संविधान संशाेधन गर्न थालिएकाे हाे ।
सम्बन्धित सामग्री पढ्नुहाेस्
https://satkarpost.com/2020/05/22/20527/