भोकले भारतिय नागरिक मरेको कुकुर खान बाध्य


एजेन्सी,९ जेठ : कोरोना महामारीबाट बिश्वका गरिबहरूका पर्न गएको निर्मम असर तिब्र गतिमा देखिन थालेको छ। यति सम्म कि मानिसहरूले कल्पना पनि गारो हुन्छ । हालै भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए्। जहाँ उनले एक दृश्य देखे। ‘एक जना मानिस मरेको कुकुर खाइरहेका थिए।
यस घटनाबाट उनी निकै भावविह्वल भए। भने, ‘कोरोना भाइरसका कारण उब्जिएको भोकमरीले भारतलाई कसरी तहसनहस पार्दै छ। उनले यो दृश्यलाई सामाजिक सञ्जालमा राखे । उनले त्यसमा भनेका छन्, ‘ भोकले सडकमा कुकुरको मासु खाँदै गरेका नागरिक किन देख्दैनन भारतिय मेडिया?



त्यस मानिलाई कराउँदै उनले सोधे, ‘तिमीसँग खानेकुरा छैन ? तिमी के खाँदै छौ ? यसरी त तिमी मर्नेछौ!
त्यसपछि उनले कुकुर खाइरहेको त्यस मानिसलाई सडकको छेउमा उभिन लगाए। आफूले बोकेको खाजा र पानीको बोतल दिए। अनि रुमालले मुख छाेपे ।
कुनै हिचकिचाहटबिना भोकाएका ती मानिसले खाना खान थाल्छन्। जब नरुकाले उसलाई आफूले पैसा दिने भन्दै ती मानिसको पृष्ठभूमिबारे सोध्छन्।
त्यसपछि नरुका क्यामेरातिर हेर्दै भन्छन्, ‘मैले यो मान्छेले जनावर खाइरहेको देखें, जुन सडकमा मरेको हुन सक्छ, जब म दिल्ली जाँदै थिएँ। यदि तपाईं आफ्नो बाटोमा कसैलाई देख्नुहुन्छ भने कृपया उनीहरूलाई मद्दत गर्नुहोस् र यो भिडियो सरकारसँग जतिसक्दो छिटो पुर्याइदिनुस्।’
यस क्लिपलाई आफ्नो फेसबुक पेजमा राख्दै नरुकाले लेखेका छन् – ‘राजस्थानको साहपुराको दिल्ली–जयपुर राष्ट्रिय राजमार्गमा मानवता लाजको स्थिति बन्न पुग्यो, जब भोकका कारण मजदुरले मरेको कुकुरलाई खाए। कसैले पनि यसलाई आफ्नो कार रोक्दै उसलाई मद्दत गर्नु ठूलो चिज हो भनी बुझ्दैन। मैले उसलाई खुवाएँ र उसलाई पैसा दिएँ। यदि तपाईंले कसैलाई भोकाएको देख्नुभयो भने कृपया सहयोग गर्नुहोस्।’
हाम्रो नेपालमामा पनि यदि कोही पनि मानिस यसरी भोकले मर्न थाल्छ भने मानबियताका हिसाबले सक्दो सहयोग गरौ । कहो कसैले पनि यतिबेला लोभलालच नदेखाई एक अर्कासंग हातेमालो गरौ।
https://www.facebook.com/104613604236690/videos/249528219616805/?app=fbl








