आचार संहिता उलङ्घन गर्ने २२० सञ्चार माध्यम कारबाहीमा
काठमाडौं, ९ जेठ : प्रेस काउन्सिल नेपालले पत्रकारिता आचार संहिताको उलङ्घन गर्ने विभिन्न २२० वटा छापा तथा विद्युतीय सञ्चार माध्यमहरुलाई कारबाहीको दायरामा ल्याएको छ । उक्त विवरण काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हाे ।
पछिल्लो समय विभिन्न प्रकारकाे शीर्षक राखी भ्रमपूर्ण सामाग्रीहरु छाप्ने तथा प्रचारप्रसार गर्ने सबै प्रकारका सञ्चार माध्यमहरुलाई निगरानी सहित आवश्यक कारबाही गर्दै आएको छ । भने प्रेस काउन्सिलमा पत्रकारिता आचार संहिता उलङ्घनका घटना बारे उजुरी पनि बढ्न थालेका छन् ।
आफ्नो कुनै पनि निहित स्वार्थमा व्यक्ति, संस्था वा निकायाहरुको बारेमा अनाआवस्यक लाल्छ्ना लगाउने , कपोलकल्पित र भ्रामक शीर्षक राखेर कोही कसैको मान मर्दन र सार्वजनिक बेइज्जत हुने खालका एवं तथ्य र आधारहिन समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरुलाई पीडितको उजुरीको आधारमा वा काउन्सिल आफैले त्यस्ता सामग्री विश्वास योग्य भएको नपाएमा सोधपुछ, चेतावनी तथा आवश्यक अन्य कारबाही गर्दै आएको छ । यस सम्बन्धीको सम्पूर्ण विवरण काउन्सिलको वेवसाइटमा हेर्न सकिनेछ।