भर्खरै थप ९ जनामा कोरोना पुष्टि
काठमाडौं, ९ जेठ : नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जनामा काेराेना भाइरस पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।