चिनको गिद्धे नजरमा सगरमाथा गुगल द्वारा आफ्नाे बनाउदै


जेष्ठ १० काठमाडौं:भारतले नेपालको भुमि अतिक्रमण गरेको बिषय सेलाउन नपाउदै चीनले पनि सीमाना मिचेको खबर सार्वजनिक भएको छ । भारतद्वारा मिचिएको नेपालको भुमि फिर्ताका लागि नयाँ नक्सा सार्वजनिक गरि लागु गरेको बेला चीनले पनि विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको भुभाग अतिक्रमण गरेको तथ्य गुगल म्यापबाट पत्ता लागेको छ।
चिनले बारम्बार आँखा लाउँदै आएको विश्वको सर्वोच्च शिखर सगरमाथामा अतिक्रमण गर्दै आफ्नो एकलौटी बनाउन लागेको खबरले नेपाली हरुलाई दु:खी बनाएको छ । एक हप्ताअघि एउटा सामान्य मिडिया मार्फत सगरमाथा चीनको भएको अभिव्यक्ति दिन लगाएको चीन सरकारले पछिल्लो समय आफ्नै भुमि भएको दावि गर्न थालेको हो ।



उसको दाविलाई गुगलले प्रमाणित गर्दै विश्व मानचित्रमा सगरमाथा नेपालको सीमाना भन्दा धेरै पर चीनमा देखाएको छ । सगरमाथाको चुचुरो भन्दा धेरै तल नेपालको सीमाना देखाएर चीनले नेपालको सगरमाथा खोस्ने हर्कत गरिरहेको तथ्य लगभक लगभग प्रमाणित हुन लागेको छ।
यस विषयमा नेपाल सरकार फेरी बेखबर हो वा कुरा उठाउन नसकेको हो रहस्यमय छ । तर सामाजिक संजालमा विदेश बस्ने नेपालीले यस विषयमा निकै चासो राखेका छन । उनीहरुले गुगललाई समेत रिर्पोट गरेर नक्सा सच्याउन आग्रह गरेका छन ।
दक्षिण कोरियामा बस्ने एक युवाले सगरमाथा नेपालको भएको र गुगलमा सगरमाथा नेपालमा पार्नका लागि आफू लागिपरेको बताए । यसरी निरन्तर नेपाली राष्ट्रियता माथि भइरहेको प्रहारले के गर्न खोजिरहेको हो। त्यो भविष्यले बताउने छ तर यहि खालको रबैया उत्तर र दक्षिण बाट भै रहने हो भने नेपालमा अमेरिकी प्रबेश सहजै हुने नेपालले पनि चिनलाइ मित्र मानि राख्नु पर्ने जरुरी देखिदैन र यसो हो भने भारत मात्रै हैन चिनले नेपालबाट गतिलो धक्का खान सक्छ।
भोलि स्वतन्त्र तिब्बतको समारिक केन्द नेपाल नबन्ला भन्न सकिन्।








