नेपालमा थप ९ जनाले काेराेना जिते

काठमाडौं, १० जेठ : नेपालमा थप ९ जना काेराेना संक्रमण मुक्त भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका हुन् ।

उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।

सम्बन्धित खवर

Back to top button