हुम्लामा सूचना प्रविधि अधिकृत माथि कुटपिट


हुम्ला, १० जेठ : अदानचुली गाउँपालिका हुम्लाका सूचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र उनका दाइ मोहन फडेरा र अदानचुली गाउँपालिका कृषि जेटिए कमल नेपालीलाई कुटपिट भएको छ । शुक्रबार करिब ३ बजे तिर आफ्नो कार्यालयमा कोरोना (काेभिड-१९) सम्बन्धी (C-MIS) मा डाटा इन्ट्री गरी इलाका स्वास्थ्य चौकी श्रीनगर जाने क्रममा करिब १५\२० जनाको समूहले आफू लगाएत अदानचुली गाउँपालिका कृषि जेटिए कमल नेपाली र मोहन फडेरालाई कुटपिट गरिएको सुरेन्द्र फडेराले जानकारी दिए ।
अधिकृत फडेराले आफूसँग भएको मोबाईल, हार्डडिक्स क्यामरा लगाएतका सामग्री हराएको र फुटेको सूचना प्रविधि अधिकृत फडेराले बताए । फडेरालाई गाउँपालिकाले काेभिड-१९ फोकल पर्सन तोकेको थियो । आफूहरुलाई कुटपिट गर्ने जोकोहीलाई छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न प्रशासनसँग अनुरोध गरेका छन ।



आफूहरु यस्तो महामारीमा काममा खटिएको बेला यस्तो जोखिम अवस्थामा केहीँ गल्ती नगरेको अवस्थामा कुटपिट गर्नु अन्याय भएको र यस्तो अवस्थामा आफूहरुलाई कुटपिट गर्ने जोकोहीँलाई चाँडो भन्दा चाडो पक्राउ गर्न समेत प्रशासन समक्ष अनुरोध गरेका छन् । घाइतेलाई थप उपचारको लागि गाउँपालिकाले उद्धार गरी तत्काल सुर्खेत ल्याउनको लागी पहल गर्ने जनाएको छ ।
कुटपिटबाट घाइते भएकालाई तत्काल उपचारको लागी आदानचुली गाउँपालिकाले हेलिकप्टरको व्यवस्था गरी थप उपचारको लागि अनुमतिको लागी जिल्ला प्रशासनलाई पत्र पठाउन लागिएको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।








