अन्तरजातीय प्रेम सम्बन्धका कारण एक युवाको ज्यान गयो


जाजरकोट, ११ जेठ : शनिबार राती रुकुमपश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीस्थित स्थानीयकाे कु’टपि’टबाट एकजनाकाे ज्यान गएकाे छ । उनीहरुकाे कु’टपि’टबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँ निवासी नवराज विकको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
नवराजसँग गएका छ युवा अझै बे’पत्ता रहेको जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । घ’टनामा संलग्न १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले प’क्राउ गरेको बताइएकाे छ ।



अन्तरजातीय प्रेम सम्बन्धका कारण घ’टना घटेकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । नवराज र सोतीस्थित सरु मल्ल (नाम परिवर्तन) बीच लामो समयदेखि प्रेम सम्बन्ध रहेकाे अनुसन्धानका क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ । विवाह गर्नका लागि सरुकै आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएकाे विकका परिवारले जनाएका छन् ।
केटाहरु आएको खबर सरुकी आमाले थाहा पाएर हल्ला गरेपछि स्थानीयले ती युवाहरुलाई कु’टपि’ट गर्दा नवराजको ज्यान गएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । स्थानीयले ल’खेट्दा अन्य छ युवा बे’पत्ता रहेको उनले बताए ।
उनीहरु बीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफन्तले उक्त विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि नै उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए । उ’जुरी दिएपछि दुवै समूहबीच छ’लफलसमेत भएको थियो ।
जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।








