गौरीफन्टा नाकाबाट ९ दिनमा १२ हजार नेपाली भित्रिए

धनगढी, १२ जेठ : कैलालीको गौरीफन्टा नाकाबाट ९ दिनको अवधीमा १२ हजार बढि नेपालीको उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमानाकामा अलपत्र परेका १२ हजार बढिको उद्दार गरिएको हो।

जेठ २ गतेदेखि आईतबार सम्म सीमानाकाबाट १२ हजार दुई सय ४३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आईतबार मात्र गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ६४ जनाको उद्दार गरिएसँगै उक्त संख्या १२ हजार नाघेको बताए।

उनका अनुसार गौरीफन्टाबाट जेठ २ र ३ गते नौ सय ५०, जेठ ७ गते ८ सय ५८, जेठ ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार १४ जना र १० गते एक हजार नौँ सय ५९ जनाको उद्धार गरिएको थियो। उद्दार गरिएकाहरुलाई परीक्षण बिना नै सम्बन्धीत स्थानीय तहको जिम्मा लगाईएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको र्‍यापिड टेस्ट गरिएको थियो। उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। तर ७ गते आएका ८ सय ५८ जनालार्ई र्‍यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो।

८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको थिएन् भने आईतबार पनि परीक्षण बिना नै तीन हजार नौँ सय बढिको सीमानाकाबाट उद्दार गरिएको छ।

भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ। तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन्।

सम्बन्धित खवर

Back to top button