नेपालमा थप ७२ जनामा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ : नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्।

सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

सम्बन्धित खवर

Back to top button