थप ४३ जनाले जिते कोरोना

काठमाडौं, १२ जेठ : नेपालमा थप ४३ जनाले कोरोना जितेका छन् । नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका हुन् । वीरगञ्जस्थित नारायणी अस्पतालबाट आज एकैपटक ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका संक्रमित निको भएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले जानकारी दिए। डिस्चार्ज गरिएका ४३ जनाको परीक्षण गर्दा लागातार दोस्रो रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको डा. ठाकुरले बताए।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।

सम्बन्धित खवर

Back to top button