कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या २३ पुग्यो


काठमाडौं, १३ जेठ : कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो। यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो।
केही समय अघि ‘ग्रीन जोनमा’ रहेको कर्णाली प्रदेशमा भारतबाट आउनेक्रम बढेसँगै तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेको हो ।



प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको होे।
उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन् । पछिल्लो समय भारतबाट कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक भित्रिरहेका छन। कर्णाली अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि शून्य संक्रमण थियोे । तर भारतबाट श्रमिक फर्किएसँगै कोरोना पनि ह्वात्तै बढ्न थालेको हो।








