अस्ताए संसारसेन मलेसिया मै

जेष्ठ १३ साउदी : नलगाड नगरपालिका लहाँ जाजरकोट हाल बैजनाथ ३ बाँकेका संसार सेन पृथक तीन बर्ष बिताएर घर आउने तयारीमा थिए। लकडाउन भैदिएपछि साउदी मै रोकिए। खुले लगत्तै घर आउने सुन्दर सपना एकाक उनको साउदी मै उडेपछि पछि अहिले घरपरिवारमा सन्नाहाटा छाएको छ।

कलिलो एक छोरा र छोरी स्याहारगरी बसेकी उनकको श्रीमती अचेत छिन। हिजो जेष्ठ १२ गते बेलुका सबै संग कुरा गरेर निदाएका उनको बिहाना बिस्तरा मै कहिल्यै नउठ्ने गरी निदाएको उनका सहपाठीले जनाएका छन। जनयुद्धका एक होनाहार सिपाइ र संस्कृति एक महान योद्धा हुन। उनि जनबादी तथा लोककलाकार र क्रान्तिकारी लेखक पनि हुन। बिदेशमा रहेपनि समाज रुपान्तरण र देशको चिन्ता गर्ने उनि समाजिक सञ्जालमा निकै सक्रिय थिए।

उनको के कसरी मृत्यु भयो भन्ने विवरण आउन बाकी नै होला तर उनि भने कहिल्यै नआउने गरी अस्ताएका छन। प्रत्येक बर्ष बिदेशमा यसरी नै कयौं नेपालीको रहस्यमय ढङ्गाले ज्यानजाने गरेको छ। स्वदेशमा जिबिको पार्जनको कुनैपनि उपाया नभएपछि तमाम गरिब, उत्पिडित र मध्यम बर्गिय समाजको जिबिको पार्जनको एउटै गन्तव्य देश छोड्नु नै रहेको छ। यसरी कहिले सम्मा बिदेशी भुमिमा आफ्ना हजारौ रहर र इच्छा आकंक्षाहरु सहित साहादत प्राप्त गरिरहने हुन नेपाली युवाहरुले कसैसँग पनि त्यसको जवाफ पाउन सकिदैन।

सम्बन्धित खवर

Back to top button