थप ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, १३ जेठ : नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या सात सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर

Back to top button