स्याङ्जाका दुई जनामा काेराेना पुष्टि

काठमाडाैं, १३ जेठ : स्याङ्जामा पहिलाेपटक दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाे हाे ।

६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ । स्याङ्जामा यसअघि संक्रमण भेटिएका थिएनन् । संक्रमण देखिएका दुबै युवकलाई भारतबाट आउनबित्तिकै सिधै क्वारेन्टीनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए।

पछिल्लाे अध्यावधिक विवरण अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या ७८३ पुगेकाे छ ।

सम्बन्धित खवर

Back to top button