थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १४ जेठ : नेपालमा बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाका २९ जना, बारा जिल्लाका ७ जना र सिराह जिल्लाकाका २ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमा १ सय ५५ जना निको भएर घर फर्केका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर

Back to top button