आईसोलेसनमा राखिएका व्यक्तिको मृत्यु


धनगढी, १४ जेठ : कोरोनाको आशंकामा आईसोलेसनमा राखिएका एक व्यक्तिको ज्यान गएको छ । सेती प्रादेशिक अस्पतालमा कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमा मृ’त्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी भारतको महाराष्ट्रबाट धनगढी फर्किएका थिए।



‘१३ गते मात्रै उनी धनगढी पुगेका थिए,’ उनले भने, ‘सुरुमा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि आईसालेसनमा राखिएको थियो। आज विहानै मृ’त्यु भएको छ।’
मृ’तकको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र आजै परीक्षण हुने समेत सूचना अधिकारी श्रेष्ठले बताए।








