रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै माइतीघर मंण्डलामा प्रदर्शन


डडेल्धुरा, १४ जेठ : रुकुम पश्चिममा अन्तर्जातीय बिहे गर्न खोज्दा तीनजनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नेपाल दलित विद्यार्थी संघले (मंगलबार) काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको दलित विद्यार्थी संघका पूर्ब अध्यक्ष डम्वर सुनारले बताए । संघले रुकुममा नवराज विकसमेत तीनजना मारिएको घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।



माइतीघरमा विरोध प्रदर्शन गर्नुअगाडि नेपाल दलित विद्यार्थी संघले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगसमक्ष पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो ।









