थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ जेठ : नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा ३५ र बाग्लुङका ६ जनामा कोरोना संक्रमण देखिएको हो  ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमितहरु गौर नगरपालिकाका ८ जना र गढीमाई नगरपालिकाका ७ जना, देवाही गोनाही नगरपालिकाका २, ईशनाथ नगरपालिकाका १६ जना, कटहरिया नगरपालिकाका २ जना रहेका रहेका छन् ।

संक्रमति सबै सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै छन् । उनका अनुसार संक्रमित पुष्टि भएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । तर संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या आएको छ ।

जिल्लामा पर्याप्त आइसोलेसन वार्ड नभएकाले अब आज पुष्टि भएकाहरुलाई कहाँ राखेर उपचार गर्ने भनेर छलफल भइरहेको घिमिरेको भनाइ छ । जिल्लामा मंगलबार क्वारेन्टाइमा बस्नेको संख्या ३ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ३ हजार १ सय ७४ जना रहेका छन् । जसमध्ये २ हजार ९ सय ६३ पुरुष र २ सय ११ महिला रहेका छन् ।

जिल्लामा भारतमा रहेका करिब १० हजार हाराहारी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ । स्वाब परीक्षणको रिपाेर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूका अनुसार बडिगाड र तमानखोलाका वासिन्दाहरुम कोरोन संक्रमण देखिएको हो ।

सैंजूले उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।  अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ। सबै संक्रमित भारतबाट आएको खुलेको छ।

अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ । मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन्।

सम्बन्धित खवर

Back to top button