सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहराको विवादस्पद अभिव्यक्तिपछि प्रदेशसभा अवरुद्ध

धनगढी, १४ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ।

प्रदेश सभाको मंगलवारदेखि सुुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएको विषयलाई लिएर दुई प्रतिपक्ष दलले प्रदेशसभा अवरोध गरेका हुन्।

बुधबार बसेको प्रदेशसभा बैठक सुरु भए लगत्तै मन्त्रीले माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरुले प्रदेश सभाको बैठक अवरोध गरेका हुन्। संघीय सरकारले अद्यावधिक गरिसकेको र सम्पूर्ण राष्ट्र त्यसको समर्थनमा रहेका बेला अविभाज्य भू–भागलाई विवादित भनेकोमा अर्थमन्त्री बोहराले सदनमा माफी माग्नुपर्ने प्रतिपक्षि दलहरुको माग छ।

प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुन बहादुर थापाले प्रदेशसभाको बैठक बिहीबरसम्मका लागि स्थगित गरेका छन्।

सम्बन्धित खवर

Back to top button