एकैदिन ११४ जनामा काेराेना संक्रमण पुष्टि


काठमाडौं, १४ जेठ : नेपालमा एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार मंगलबार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्ट भएकाे हाे ।
बुधबार अपरान्ह नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ८८६ पुगेको जानकारी दिएका हुन् ।



मन्त्रालयका अनुसा धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
हालसम्म देशभर १ लाख २ सय ८७ आरडीटि बिधिबाट कोरोना परिक्षण गरिएको छ। त्यस्तै देसभर ७० हजार ३ सय ५ जना क्वारेन्टाइन रहेका छन् भने ६ सय ९९ आइसोलेसनमा रहेका छन् । हालसम्म देशभर १ सय ८३ जना डीसचार्ज भएका छन् ।








