कर्णाली प्रदेशमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि


काठमाडाैं, १४ जेठ : नेपालमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । याे सँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ ।
सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर रिपाेर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।



नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।
अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।








