काेराेनाले लियाे थप एकजनाकाे ज्यान, नेपालमा मृतकाे संख्या ५ पुग्याे

काठमाडौं, १४ जेठ : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ललितपुरमा १ जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणबाट बुधबार साँझ ज्यान गएको हो ।

याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ । याे सामग्री अनलाइन खबरले तयार पारेकाे हाे ।

सम्बन्धित खवर

Back to top button