थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ : नेपालम थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश २ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाका अनुसार आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।

धनुषाका १९, २७, ५०, ४०, २०, १९, २२, १८, ४०, २०, ४८,१८, ५७, ४२, १७, ८, ४३, ५२, २२, २१, ३१, ३३, ७०, २५, २८ का पुरुष र २२, १४, ४ र २८ वर्षका महिला गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै महोत्तरीमा ४५, १५, २१, २०, २२, १९, २०, ३२, २१, १८, २१, २६, २१,१९,३७ र उमेर नखुलेको एक जना पुरुष तथा ४५ वर्षको महिला संक्रमण देखिएको छ ।

सर्लाहीमा १८, ३०, २६, २०, ३१, २१ र १७ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।यस्तै रौतहटमा १२, २४ र ३० बर्षको पुरुष, सप्तरीमा थप ३६, ४२, २१, ३०, ३३, २९, १८, ३७, ३०, १९,२७, ३७ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।

यस्तै सिराहामा १८, २५, १८, ४० , २५ र एक जना उमेर नखुलेको गरी थप ६ जनामा संक्रमण देखिएको छ । यसअघि आजै बिहान स्याङजामा ३ जनामा तथा नवलपुरमा १ जनामा कोरोना पुष्टि भएको थियो ।

धनुषामा आज थपिएका २९ जना धनुषा लक्ष्मिनिया गाउँपालिकामा रहेको क्वारेन्टिनका व्यक्तिहरू रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

संक्रमितहरू सबै भारतको विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरू रहेको निरौलाले बताए ।

सम्बन्धित खवर

Back to top button