पश्चिम सेतीका लागि लगानी यकिन गरि कार्यान्वयन गरिने

डडेल्धुरा, १५ जेठ : सरकारले पश्चिम सेती जल विद्युत योजनामा लगानी यकिन गरि कार्यान्वयन गर्ने बताएको छ। बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

३६ वर्षसम्म तीन देशका तीन कम्पनीले अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘नयाँ मोडल’ को खोजी मै अलमलमा परेको छ। यसअघि लगानी बोर्डको सञ्चालक समितिको बैठकले आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी सम्मिलित समिति गठन भएको थियो। थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको थियो। तर उक्त समितिले पनि कुनै काम गर्न सकेन्।

सम्बन्धित खवर

Back to top button