काठमाडौं उपत्यका लगायत विभिन्न भू-भागमा वर्षा

काठमाडौं, १६ जेठ : शुक्रबार विहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । एकातिर ह्वात्तै गर्मी बढीरहेको बेला प्रिमनसुन सुरु भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आइतबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (आइतबार) सम्म नै हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button