अछाममा एक महिलाले क्वरेन्टाइनमै बच्चा जन्माइन


अछाम, १६ जेठ : अछाममा एक महिलाले क्वरेन्टाइनमै बच्चा जन्माएकी छिन । जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाँटीको नवदुर्गा माविमा क्वारेन्टाइनमा सुना नेपालीले छोरा जन्माएकि हुन ।
महिलालाई व्यथा लागेपछि क्वारेन्टाइनमै अनमिलाई पठाएर सुरक्षित रुपमा सुत्केरी गराएको बगुडा स्वास्थ्य चौकिका इन्चार्ज नरेन्द्र शाहले बताए । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य चौकिका इन्चार्ज शाहले जानकारी दिए ।











