थप ८ जनाले जिते कोरोना

काठमाडाैं, १६ जेठ : नेपालमा थप ८ जनाले काेराेना भाइरस जितेका छन् । दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालमा उपचारत ८ जनाले कोरोनालाई जितेका हुन् ।

दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज शुक्रबार विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

उनीहरुलाई एक औपचारिक कार्यक्रम गरी खादा लगाएर विदाई गरिएको शर्माले बताए । निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन् ।

कोरोना जितेकाहरुलाई लिन सम्बन्धित स्थानीय पालिकाहरुले एम्वुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भएसंगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।

सम्बन्धित खवर

Back to top button