ट्रम्पले गरे विश्व स्वास्थ्य संगठनसँगको नाता तोेडेको घोषण


काठमाडौं, १७ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको नाता तोेडेको घोषण गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे घाेषणा गरेका हुन् ।
उनले डब्ल्यूएचओले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न
असफल भएको आ’रोप लगाएका छन् । उनीहरू असफल रहेकाे भन्दै ट्रम्पले अमेरीकाले दिँदै आएको आर्थिक सहयोग समेत बन्द गराएका छन् । साथै डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।



डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर असफल भएको भन्दै उनले विश्व स्वास्थ्य संगठनसँगको नाता तोेडेको घोषण गरेका हुन् ।
चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आ’रोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।








