बजेट रोजगार मुखिछ नेता नेपाल


जेष्ठ १७ काठमाडौं: पुर्व प्रधानमन्त्री एवं नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले रोग र भोगलाई समेट्ने गरी नयाँ बजेट आएको बताएका छन। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगतै संसद भवनबाट बाहिरिदै गर्दा नेता नेपाललले बजेटले सवै क्षेत्रलाई समेटेको कुरा जानकारि दिएकाहुन् ।
देशकाे हाल वर्तमान समस्यालाई सम्वोधन गर्ने गरी बजेट आएकाे कुरामा कुनै दुई मत छैन्,कोरोनाको संक्रमणको रोग र भोकमरीको भोकलाई लक्षित गरी बजेट आएको हाे , रोजगारी, कृषि, उद्योगी, ब्यवसायीलाई लक्षित गरी बजेट आएको छ जसमा बजेट आन्तरिक स्रोतभन्दा बाह्य स्रोतमा बढी केन्द्रीत भएको भने खुलाएका छन।



३ खर्व रकम बैदेशिक ऋणमा आधारित नै बजेट छ।नेपालले बजेट ल्याएपनि स्रोत जुटाउन भने कठिनाई रहेको नेता नेपालले भनाइ छ । देशमा उत्पादन बढाउन सकिएन भने स्रोत जुटाउन मुस्किल पर्छ उनले भनेका छन। सरकारले पुँजिगत भन्दा चालु खर्च बढी रहेको बजेट सार्बजनिक गरेको थियो।
रिपोर्ट – डिलकुमारि नेपाल,दीक्षा गुरुङ काठमाडौं








